site stats
बाह्रखरी :: Baahrakhari
देश
थानकोट–चित्लाङ सडक बन्द गर्न लागिएकामा आपत्ति

काठमाडौं । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका अध्यक्ष प्रा. राजेन्द्र ध्वज जोशीले स्तरोन्नतिका निम्ति भन्दै थानकोट–चित्लाङ सडक बन्द गर्न लागिएकामा आपत्ति जनाएका छन् । उक्त सडक बन्द गरिँदा चित्लाङस्थित विश्वविद्यालयको शैक्षिक क्यालेन्डर कार्यान्वयन हुन नसक्ने उनले उल्लेख गरेका छन् ।

गहन विश्लेषणबिना सडक बन्द गर्न लागिएको भन्दै उनले चिन्ता व्यक्त गरेका हुन् । विश्वविद्यालयको असहमतिका बाबजुद सडक बन्द गर्ने निर्णय गरिएको उनको गुनासो छ ।

“...सडक बन्द गर्दा पर्ने प्रभाव र वैकल्पिक उपायहरूको समेतको गहन विश्लेषणबिना विश्वविद्यालयको असहमतिका बाबजुद सडक बन्द गर्न सिफारिस गर्ने निर्णय बैठकबाट गराइयो,” उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “बैठकको प्रकृति हेर्दा रित पुर्‍याउन मात्र बैठक आयोजना गरिएको स्पष्ट देखिन्थ्यो ।”

विश्वविद्यालयको प्रतिनिधिले सडक डिभिजन काठमाडौं, जिल्ला प्रशासन कार्यालयलगायत निकायमा सडक बन्द भएमा विश्वविद्यालय सञ्चालन हुन नसक्ने जानकारी गराए पनि सुनुवाइ नभएको उनले जनाएका छन् ।

विश्वविद्यालयले सडक डिभिजनलाई लेखेको पत्र पढ्नोस्–

a1-1734582893.jpg

a2-1734582893.jpg

प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  १०:२६
प्रतिक्रिया दिनुहोस्