site stats
बाह्रखरी :: Baahrakhari
विदेश
बंगलादेशमा हिन्दु मन्दिरमा आक्रमण गर्ने चारजना पक्राउ, १७० जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । बंगलादेशमा हिन्दु मन्दिर र घरमा आक्रमण गरेको आरोपमा चारजना पक्राउ परेका छन् । उत्तरी जिल्ला सुनमगन्जमा हिन्दु अनुयायीहरूको घर र मन्दिरमा तोडफोड गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।

डिसेम्बर ३ मा फेसबुकमा पोस्ट गरेपछि सुनमगन्ज जिल्लामा तनाव भएको थियो । विवादपछि पोस्ट डिलिट भए पनि यसको स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल भयो । त्यसपछि उक्त क्षेत्रमा हिंसा फैलिएको थियो ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १८२ जनाविरुद्ध मुद्दा दायर गरेको छ । उनीहरूमध्ये १७० जनाको पहिचान भएको छैन ।

यस अवधिमा दंगाकारीहरूले सुनमगञ्ज लोकनाथ मन्दिर र हिन्दुहरूको घरमा तोडफोड गरेका थिए । हिंसा फैलिएपछि प्रहरीले सोही दिन पोस्टमा रहेका आकाश दासलाई पक्राउ गरेको थियो ।

हिन्दुमाथि आक्रमण बढ्दो !

पूर्वप्रधानमन्त्री शेख हसिनाले देश छोडेपछि बंगलादेशमा हिन्दुहरूमाथि धार्मिक हिंसाका घटना बढेको बताइन्छ । सेन्टर फर डेमोक्रेसी प्लुरालिज्म एन्ड ह्युमन राइट्सको प्रतिवेदन अनुसार, अगस्ट ५ देखि ९ सम्म बंगलादेशमा हिन्दु लुटपाटका १९० घटना भएका छन् ।

यसबाहेक ३२ घरमा आगजनी, १६ मन्दिरमा तोडफोड र २ यौन हिंसाका घटना भएका छन् । प्रतिवेदनका अनुसार २० अगस्टसम्म कुल २०१० हिन्दु विरोधी हिंसाका घटनाहरू रिपोर्ट गरिएका थिए । जसमा हिन्दू परिवारमाथि आक्रमणका १५७ घटना र मन्दिरको अपमानका ६९ घटना समावेश छन् ।

एनडीटीभीबाट ।

प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  १८:०९
प्रतिक्रिया दिनुहोस्