site stats
बाह्रखरी :: Baahrakhari
खेल
जनकपुरविरुद्ध फिल्डिङमा लुम्बिनी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सविरुद्ध लुम्बनी लायन्सले पहिलो फिल्डिङ गर्ने भएको छ ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका निम्ति भएको टस जितेर लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले फिल्डिङको निर्णय गर्दै जनकपुरलाई ब्याटिङमा निम्त्याएका हुन् । जारी खेलको पहिलो ओभर समाप्त हुँदा जनकपुरले विकेट नगुमाई ६ रन बनाएको छ ।

प्रतियोगितामा लुम्बिनी आज पहिलो जितको खोजीमा छ । लुम्बिनीले यसअघि भएको आफ्नो तीन खेलमा हार बेहोरिसकेको छ । यता, जनकपुर भने आज चौथो जितको खोजीमा छ । जनकपुरले यसअघिका तीन खेलमा लगातार जित निकालेको थियो ।

 

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  ०९:१०
प्रतिक्रिया दिनुहोस्