site stats
बाह्रखरी :: Baahrakhari
खेल
सुदूरपश्चिमविरुद्ध लुम्बिनीका विवेकले बनाए अर्धशतक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सविरुद्ध लक्ष्य पछ्याइरहेको लुम्बिनी लायन्सबाट विवेक यादवले अर्धशतक बनाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्य पछ्याइरहको लुम्बिनीबाट ४१ बलमा दुई चौका र चार छक्कासहित ५० रन बनाए । जारी प्रतियोगितामा विवेक अर्धशतक बनाउने १२औँ ब्याटर बने ।

जारी खेलको १८ ओभर समाप्त हुँदा लुम्बिनीले नौ विकेट गुमाएर १२४ रन बनाएको छ । 

त्यसअघि टस हारेर ब्याटिङमा आएको सुदूपश्चिमले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १८७ रनको योगफल खडा गरेको थियो ।
 

प्रकाशित मिति: शनिबार, मंसिर २२, २०८१  १२:१९
प्रतिक्रिया दिनुहोस्