site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोरम नपुगेपछि पूर्वाधार विकास समितिकाे बैठक स्थगित
फाइल तस्बिर ।

काठमाडौं । कोरम नपुगेका कारण पूर्वाधार विकास समितिको बैठक स्थगित भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक कोरम नपुगेपछि बैठक स्थगित भएको हो । 

आजको बैठकमा समितिमा प्राप्त उजुरी, जलस्रोत विधेयक, २०८१ र विविध विषयमा छलफल गर्ने कार्यसूची थियो । 

बैठकमा जलस्रोत विधेयक, २०८१ माथि संशोधनकर्ताहरूलाई पनि बोलाइएको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  १२:३०
प्रतिक्रिया दिनुहोस्