site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
एयरपोर्टमा ‘युद्धस्तर’मा काम, छैन विश्राम ! (तस्बिरहरू)
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी ।

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणाधीन समानान्तर ट्याक्सी वेलगायत कामको स्थलगत अवलोकन गरेका छन् । सोमबार राति पर्यटनमन्त्रीसहितको टोलीले विमानस्थलको क्षमता अभिवृद्धिअन्तर्गत भइरहेका कामको अवलोकन गरेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले गएको कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरेर अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको काम गरिरहेको छ । प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ट्याक्सी वे, उत्तरतर्फको इन्टरनेसनल एप्रोन र विमानस्थलको पूर्वतर्फको ह्यांगर एप्रोनलगायत विस्तारको काम गरिरहेको हो ।

पर्यटनमन्त्री पाण्डेले जारी निर्माणको काम सन्तोषजनक रहेको बताए । “१० घण्टा विमानस्थल बन्द गरेर निर्माणको काम तीव्र गतिमा सबै साइडमा काम भइरहेको छ । निर्धारित समय आगामी चैत १८ गतेसम्म १० घण्टा विमानस्थल बन्द गरेर काम गर्ने समय तोकेका थियौँ, त्योभन्दा पहिला नै काम हुन्छ कि भन्ने अहिलेको युद्धस्तरमा भइरहेको कामले संकेत गरेको छ,” उनले भने ।

थप तस्बिर हेर्नोस्–

p-1733199411.jpg

airport-kam-(16)-1733199411.jpg

p3-(1)-1733199410.jpg

airport-kam-(17)-1733199410.jpg

airport-kam-(13)-1733199408.jpg

airport-kam-(14)-1733199409.jpg

airport-kam-(3)-1733199409.jpg

airport-kam-(10)-1733199408.jpg

p3-(4)-1733199408.jpg

airport-kam-(4)-1733199406.jpg

airport-kam-(2)-1733199407.jpg

airport-kam-(5)-1733199407.jpg

airport-kam-(7)-1733199406.jpg

airport-kam-(12)-1733199406.jpg

airport-kam-(15)-1733199405.jpg

airport-kam-(9)-1733199405.jpg

airport-kam-(1)-1733199404.jpg

airport-kam-(6)-1733199404.jpg

p3-(3)-1733199403.jpg

p3-(5)-1733199403.jpg

airport-kam-(11)-1733199402.jpg

p3-(2)-1733199402.jpg

airport-kam-(8)-1733199401.jpg

p1-1733199401.jpg

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १०:०२
प्रतिक्रिया दिनुहोस्