site stats
बाह्रखरी :: Baahrakhari
खेल
जनकपुरले लियो शिखर धवनको विकेट, धाकेरले गरे बोल्ड 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङ गरिरहेको कर्णाली याक्सले दोस्रो विकेटको रूपमा शिखर धवनलाई गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको कर्णालीलेले पाँचौँ ओभरको दोस्रो बलमा ओपनर शिखरलाई गुमाएको हो । हर्ष थोकरको बलमा बोल्ड हुनुअघि शिखरले टिमको खातामा १४ रन बनाए ।

त्यसअघि कर्णालीले दोस्रो ओभरको दोस्रो बलमा ओपनर देव खनाललाई गुमाएको हो । जनकपुरका ललितनारायण राजवंशीबाट बोल्ड हुनुअघि देवले टिमको खातामा एक रन थपे ।

आजको खेलमा कर्णालीबाट सोमपाल कामी र जनकपुरबाट अनिल शाहको कप्तानमा मैदान उत्रिएको छ ।

प्रतियोगितामा कर्णालीको यो पहिलो खेल हो । जनकपुरले भने यसअघि आफ्नो पहिलो खेलमा विराटनगर किंग्स्विरुद्ध आठ विकेटको जित निकालेको थियो ।

सोमबारको पहिलो खेलमा यसअघि चितवन राइनोजले काठमाडौं गुर्खाजविरुद्ध पाँच विकेटको जित निकालेको थियो ।

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १३:२६
प्रतिक्रिया दिनुहोस्