site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गुल्मीको मुसिकोट–१ मा कांग्रेसका आनन्द श्रेष्ठ निर्वाचित

काठमाडौं । गुल्मीको मुसिकोट नगरपालिका–१ मा नेपाली कांग्रेसका आनन्द श्रेष्ठ निर्वाचित भएका छन् । आइतबार भएको उपनिर्वाचनमा नेकपा (एमाले)का दलबहादुर थापालाई २५४ मतले हराउँदै उनी विजयी भएका हुन् ।

निर्वाचित भएका श्रेष्ठले एकहजार १८४ मत ल्याएका । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका थापाले ९३० मत प्राप्त गरे ।

नेकपा (माओवादी केन्द्र)का दुर्गाबहादुर बिकले १४३, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विकास थापाले ४३ मत ल्याए ।

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  ००:३६
प्रतिक्रिया दिनुहोस्