site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंमा टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–३२, जडीबुटीमा रोकिराखेको टिपरमा ठोक्किएर गम्भीर घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पर्साको वीरगन्ज महानगरपालिका–१४, मुरलीबगैँचा घर भई काठमाडौंको काँडाघारी, हात्तीडाँडामा बस्दै आएका ४५ वर्षीय सञ्जय सिंह रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

उनले भने, “जडीबुटीस्थित सडकमा रोकिराखेको बा४ख ६१८२ नम्बरको टिपरमा प्र ३–०२–००४ प ०२०५ नम्बरको मोटरसाइकल ठक्कर खाँदा गए राति निज मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए ।”

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको प्रवक्ता कार्कीले बताए । रासस

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १४:३२
प्रतिक्रिया दिनुहोस्