site stats
बाह्रखरी :: Baahrakhari
देश
कैलालीमा मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा एकजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । कैलालीमा शनिबार (हिजो) राति सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सु.प.प्र.०१–०११ प ४७०४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा जानकी गाउँपालिका–१ का ३५ वर्षीय विमल डंगौरा थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

विमलले चलाएको मोटरसाइकल लम्कीचुहा नगरपालिका–१ स्थित चिजबल फ्याक्ट्रीनजिक अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको थियो । त्यसपछि मोटरसाइकल सडकको नालामा पल्टिएको थियो ।

दुर्घटनामा उनी गम्भीर घाइते भएका थिए । उपचारका निम्ति लम्कीस्थित लालरत्न अस्पतालमा लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।
 

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १२:२७
प्रतिक्रिया दिनुहोस्