site stats
बाह्रखरी :: Baahrakhari
खेल
विराटनगरविरुद्ध मिलान्थाले बनाए अर्धशतक 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा विराटनगर किंग्सविरुद्ध लक्ष्य पछ्याइरहेको जनकपुर बोल्ट्सका लहिरु मिलान्थाले अर्धशतक बनाएका छन् ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले दिएको १२८ रनको लक्ष्य पछ्याइरहेको जनकपुरबाट मिलान्थाले ३९ बलमा ५० रन पूरा गरे । उनले ६ चौका र दुई छक्का प्रहार गरे ।

योसँगै मिलान्था एनपीएलमा अर्धशतक बनाउने दोस्रो ब्याटर बने । यसअघि, पहिलो इनिङमा विराटनगरबाट खेलिरहेका न्युजिल्यान्डका मार्टिन गप्टिलले अर्धशतक बनाएका थिए ।

जारी खेलको ११.१ ओभर सकिँदा जनकपुरले दुई विकेट गुमाएर ८८ रन बनाएको छ ।

त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर १२७ रन बनाएको थियो ।

प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  १५:११
प्रतिक्रिया दिनुहोस्