site stats
बाह्रखरी :: Baahrakhari
देश
स्वास्थ्य मन्त्रालयबाट अनुमति पाएका अस्पतालको शय्या क्षमता सार्वजनिक (सूचीसहित)

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयबाट सञ्चालन अनुमति प्राप्त गरेका मेडिकल कलेज तथा विभागीय अस्पतालहरूको विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले ३०० शय्या बढी क्षमतामा मन्त्रालयबाट अनुमति लिएका कलेजहरूले सञ्चालन गरेका २० अस्पतालहरूको शय्या क्षमता विवरण सार्वजनिक गरेको स्वास्थ्यमन्त्री प्रदीप पौडेलको सचिवालयले जनाएको छ ।

मन्त्रालयसँग अनुमति प्राप्त गरेकामध्ये सबैभन्दा धेरै शय्या रहेको मेडिकल कलेज भरतपुरस्थित चितवन मेडिकल कलेज छ । कलेजसँग ५०० शय्या क्षमता छ ।

मन्त्रालयसँग ४०० शय्या क्षमता सञ्चालनका लागि अनुमति पाएका मेडिकल कलेजको संख्या तीन छ । लुम्बिनी मेडिकल कलेज, पाल्पा, लर्ड बुद्ध एजुकेसन एकेडेमी नेपालगञ्ज मेडिकल कलेज र नेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटीले ४०० शय्या क्षमतामा अस्पताल सञ्चालनको अनुमति प्राप्त गरेका छन् ।

बाँकी मेडिकल कलेज तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी १६ अस्पतालहरूले भने ३०० शय्या क्षमतामा अस्पताल सञ्चालनको अनुमति पाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शय्या अनुमतिका आधारमा सेवा सञ्चालन भए/नभएको अनुमगनको तयारी गरिरहेको छ । क्षमताभन्दा बढी शय्या सञ्चालन भए/नभएको तथा बढी क्षमताबारे प्रचार भए नभएको स्थिति अनुगमन गरी आवश्यक कारबाही गर्ने तयारी रहेको प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

हेर्नुहोस् सूची

Medical-Colle-1732801657.jpg
 

 

 

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १९:३३
प्रतिक्रिया दिनुहोस्