site stats
बाह्रखरी :: Baahrakhari
विदेश
पाकिस्तानमा भएको साम्प्रदायिक झडपमा ८८ जनाको मृत्यु

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा भएको साम्प्रदायिक झडपमा ज्यान गुमाउनेको संख्या बढेर ८८ जना पुगेको अस्पताल प्रशासनले जनाएको छ ।

गत बिहीबार पाराचिनार क्षेत्रमा शिया मुसलमान यात्रुहरू बोकेको गाडीमा आक्रमण गर्दा भएको हिंसामा ठूलो हताहत भएको थियो ।

आक्रमणले सिया र सुन्नी समुदायहरूबीच साम्प्रदायिक हिंसाको लहर निम्त्याएको छ भने पछिल्ला दिनहरूमा धेरै आक्रमणहरूले मृतकको संख्या अझै बढ्दै गएको छ । 

हाल प्रान्तीय सरकारको प्रतिनिधिमण्डलले प्रभावित  जिल्लाको स्थलगत भ्रमण गरी दुवै सम्प्रदायबीच सात दिनका लागि युद्धविराम गर्ने सहमति भएको छ । रासस/सिन्ह्वा
 

प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  १३:२९
प्रतिक्रिया दिनुहोस्