site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
निजी क्षेत्रका प्रतिनिधि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगमा सदस्य मनोनीत

काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगमा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल सदस्यमा मनोनीत भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले निजी क्षेत्रका छाता संगठनका प्रतिनिधिलाई सदस्य मनोनीत गर्ने निर्णय गरेको हो ।

यसअघि, पूर्वअर्थ सचिव रामेश्वर खनालको संयोजकत्वमा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गरिएको थियो ।

सदस्यमा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा. रामप्रसाद ज्ञवाली, अर्थविद् डा. विश्वास गौचन र नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा. कल्पना खनाल छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  १७:५९
प्रतिक्रिया दिनुहोस्