site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्री ओली १७ मंसिरमा चीन भ्रमणमा जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मंसिर १७ गतेबाट छिमेकी मुलुक चीन भ्रमणमा जान लागेको बताएका छन् ।

शुक्रबार दरबारमार्गमा आयोजित जागरणसभामा उनले आफ्नो नेतृत्वको टोली १७ गते चीनको भ्रमणमा जान लागेको बताए ।

“अत्यन्तै सफल भ्रमण रहने छ । चीनबाट फर्किएपछि कसरी सफल भ्रमण भयो थाहा पाउनुहुने छ, “यतिकै चीन यसो घुमेर आऊँ भनेर जान लागेको होइन । देशको भलाइका लागि भ्रमण गरिन्छ ।”
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  १५:१२
प्रतिक्रिया दिनुहोस्