site stats
बाह्रखरी :: Baahrakhari
देश
कस्तो हुनेछ आजको मौसम ? 
फाइल तस्बिर ।

काठमाडौं । देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।

विभागले दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । 

कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

विभागका अनुसार राति कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।

हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  ०५:५३
प्रतिक्रिया दिनुहोस्