site stats
बाह्रखरी :: Baahrakhari
विदेश
तोशाखाना मुद्दामा पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले पाए जमानत

काठमाडौं । जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले तोशाखानासँग सम्बन्धित दोस्रो मुद्दामा जमानत पाएका छन् । इस्लामावाद उच्च अदालतले १० लाख पाकिस्तानी रुपैयाँ धरौटीमा जमानत दिएको हो ।

खान गत वर्षको अगस्ट ५ देखि जेलमा छन् । तर, जमानत पाएपछि उनी रिहा हुने कि नहुने भन्ने विषय अझै स्पष्ट भइसकेको छैन ।

खान र उनकी श्रीमती बुशरा बीबीलाई यही वर्ष जुलाई १३ मा तोशाखाना मुद्दा–२ मा जेलबाटै पक्राउ गरिएको थियो । तर, गत महिना २४ अक्टोबरमा बुशरा बीबीले इस्लामाबाद उच्च अदालतबाट जमानत पाएकी थिइन् ।

इमरान खान विभिन्न मुद्दामा ४७४ दिनदेखि रावलपिंडीको अदियाला जेलमा छन् । इस्लामावादको स्थानीय अदालतले अगस्ट ५, २०२३ मा उनलाई तोशाखाना मुद्दामा दोषी ठहर गरेको थियो ।

त्यसपछि उनलाई इस्लामावादको जमान पार्कस्थित घरबाटै पक्राउ गरिएको थियो । पछि उनी थप दुई मुद्दामा दोषी ठहर भएका थिए ।

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  २२:१२
प्रतिक्रिया दिनुहोस्