site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बयानपछि रविले भने– खोरमा थुनिदैमा बाघ स्याल हुँदैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले 'खोरमा थुनिँदैमा बाघ स्याल नहुने' बताएका छन् ।

मंगलबार सरकारी वकिलको कार्यालयमा रूपन्देहीमा बयान दिइसकेपछि बाहिरिने क्रममा रविले समर्थकहरूलाई हेरेर भने– 'खोरमा थुनिदैमा बाघ स्याल हुँदैन ।'

बयान दिएर निस्किने क्रममा उनी आत्मविश्वासी देखिन्थे । उनलाई प्रहरीको एक समूहलाई लग्दै थियो । त्यसक्रममा एकछिन रोकिएर रविले 'खोरमा थुनिँदैमा बाघ स्याल नहुने' बताएका हुन् ।

कात्तिक २ गते पक्राउ परेका रविमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान भइरहेको छ । कास्की प्रहरीको हिरासतमा रहेका रविलाई मंगलबार बिहान विमानमार्फत रूपन्देही लगिएको हो ।

पोखराको सूर्यदर्शनसँगै बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलनमा समेत अनुसन्धान गर्नुपर्ने देखिएपछि उनलाई रूपन्देही लगिएको हो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १७:४९
प्रतिक्रिया दिनुहोस्