site stats
बाह्रखरी :: Baahrakhari
देश
पाथीभरामा केबलकार बनाउने विषयमा दुई समूहबीच झडप

काठमाडौं । ताप्लेजुङमा स्थानीयबीच दोहोरो झडप भएको छ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा केबलकार बनाउने विषयमा बनाउन दिने र नदिने पक्षबीच झडप भएको हो ।

दुवै पक्षको झडप रोक्न प्रहरीले बल प्रयोग गरेको छ । कोसी प्रदेशका प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङका अनुसार, दुवै पक्षलाई शान्त पार्ने प्रयास जारी छ ।

केही स्थानीयलाई ढुंगा लागे पनि झडपमा कुनै ठूलो हताहती भएको छैन ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  १५:३३
प्रतिक्रिया दिनुहोस्