site stats
बाह्रखरी :: Baahrakhari
देश
सीतापाइला–धार्के सडक फेरि १५ दिन बन्द

काठमाडौं । सीतापाइला–धार्के सडकखण्ड फेरि १५ दिन बन्द गरिने भएको छ । सडक स्तरोन्नतिका निम्ति बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय धादिङले जानकारी गराएको छ ।

यही कात्तिक २३ देखि १५ दिनसम्म सडक बन्द गरेर कालोपत्र गरिनेछ । त्यस अवधिमा उक्त सडकखण्डमा एम्बुलेन्स, सुरक्षा निकायले प्रयोग गर्ने र हलुका (चारपांग्रे)बाहेकका सबै प्रकारका सवारीसाधनलाई पूर्ण रूपमा रोकिने जिप्रकाले जनाएको छ ।

काठमाडौंको सीतापाइलादेखि धादिङको धार्केबजारसम्मको उक्त सडकखण्डको दूरी २४ किलोमिटर छ । त्यस अवधिमा वैकल्पिक माग प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ । यही कात्तिक ६ देखि १२ गतेसम्म पनि उक्त सडकखण्ड कालोपत्रका निम्ति बन्द गरिएको थियो ।

सूचना पढ्नोस्–

safg-1730958311.jpg
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  ११:३०
प्रतिक्रिया दिनुहोस्