site stats
बाह्रखरी :: Baahrakhari
देश
कस्तो हुनेछ आजको मौसम ? 

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भू–भागमा आंशिक बदली रहेको जनाएको छ । बाँकी भागमा मौसम मुख्यतया सफा  छ । 

विभागका अनुसार आज दिउँसो पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भागमा मौसम सफा रहने छ ।  कोसी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

विभागले राति पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भागमा मौसम सफा रहनेछ । 

हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  ०७:३७
प्रतिक्रिया दिनुहोस्