site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रपति पौडेलद्वारा बहिनीहरूबाट टीका ग्रहण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाबाट ११:३७ बजेको शुभसाइतमा विधिपूर्वक तिहारको टीका लगाएका छन् ।

राष्ट्रपति पौडेललाई उनीहरूले राष्ट्रपति भवनमा टीका लगाइदिनएकी हुन् । उनीहरूले स्नेहपूर्वक राष्ट्रपतिलाई ओखर, बदामसहित सौगात प्रदान गरे । राष्ट्रपतिले पनि बहिनीहरूलाई आत्मीयताका साथ टीका लगाएर दक्षिणा दिएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।  

नेपाल पञ्चाङ्ग विकास निर्णायक समितिले आज भाइटीकाको उत्तम साइत ११:३७ बजे रहेको जनाएको थियो  । यद्यपि, समितिले दिनभर नै टीका लगाउन सकिने पनि जनाएको छ ।

यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने प्रचलन छ ।
 

प्रकाशित मिति: आइतबार, कात्तिक १८, २०८१  १४:२८
प्रतिक्रिया दिनुहोस्