site stats
बाह्रखरी :: Baahrakhari
विदेश
कमला ह्यारिसको पक्षमा पहिलोपटक मिसेल ओबामाको चुनावी प्रचार, ट्रम्पलाई के भनिन् ?

काठमाडौं । अमेरिकाकी पूर्वप्रथम महिला तथा पूर्वराष्ट्रपति बाराक ओबामाकी पत्नी मिसेल ओबामाले पहिलोपटक कमला ह्यारिसको पक्षमा चुनावी प्रचार गरेकी छन् ।

डेमोक्रेटिक पार्टीकी उमेदवार ह्यारिसको चुनावी अभियानमा पहिलोपटक सहभागी हुँदै मिसेल ओबामाले अमेरिकीहरूलाई देशको रक्षाका लागि मतदान गर्न अपिल गरिन् । मिसेल ओबामाले डोनाल्ड ट्रम्पको धम्कीबाट देशलाई जोगाउन आफ्नो मत दिनुपर्ने बताइन् ।

ओबामाले अमेरिकी चुनावमा ह्यारिस र ट्रम्पबीच कडा प्रतिस्पर्धा रहेको पनि स्वीकार गरिन् ।

मिशिगनको अर्को कार्यक्रममा डोनाल्ड ट्रम्पले राज्यको अटोमोटिभ क्षेत्रमा नयाँ सास फेर्ने बताए । यससँगै ट्रम्पले मिशिगनमा अरब–अमेरिकी समुदायलाई भेटेका छन् । भेटपछि ट्रम्पले भने, “अरब–अमेरिकी समुदायले चुनाव परिवर्तन गर्न सक्छ ।” मिशिगनमा ट्रम्प र ह्यारिसबीच कडा प्रतिस्पर्धा हुने पनि सर्वेक्षणले देखाएको छ ।

तर, मिशिगनमा ह्यारिस रिपब्लिकन उमेदवार ट्रम्पभन्दा अगाडि छन् । यद्यपि, यो भिन्नता एकदम सानो छ । मिशिगनसँग १५ इलेक्टोरल कलेज भोटहरू छन् र यो राज्यले कुनै पनि उमेदवारलाई निर्णायक नेतृत्व दिन सक्छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  १०:१३
प्रतिक्रिया दिनुहोस्