site stats
बाह्रखरी :: Baahrakhari
देश
डीआईजी किरण राणा एआईजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) किरण राणा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस भएकी छन् ।

आइतबार बसेको बढुवा समितिको बैठकले थापाको नाम सिफारिस गरेको हो ।

बढुवा सिफारिस भएका जनपद प्रहरी समूहका राणा केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाटमा कार्यरत छिन् ।

एआईजी श्याम ज्ञवालीले २५ भदौमा अवकाश पाएपछि रिक्त दरबन्दीमा उनी बढुवा सिफारिस भएकी हुन् ।

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  ०७:०२
प्रतिक्रिया दिनुहोस्