site stats
बाह्रखरी :: Baahrakhari
खेल
अमेरिकाविरुद्धको टि–२० मा नेपालले १६४ रनको योगफल बनायो
फाइल तस्बिर ।

काठमाडौं । अमेरिकाविरुद्धको पहिलो टि–२० खेलमा नेपालले १६४ रनको योगफल बनाएको छ । अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १६४ रनको योगफल बनाएको हो । 

यो सँगै अमेरिकाले जितका लागि १६५ रनको चुनौती पाएको छ । 

कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रनको योगदान दिए । उनले ३३ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ४९ रन बनाएका हुन् । 

दीपेन्द्रसिंह ऐरीले १७ बलमा दुई चौका र एक छक्कासहित २८ रन र आसिफ शेख र अनिल साहले समान २७–२७ रन बनाए । गुल्सन झाले ११ तथा कुशल भुर्तेलले १० रन जोडे ।

अमेरिकाका हरम्रीत सिंह, सौरभ नेत्रवालकर र जसदीप सिंहले समान दुई विकेट लिए भने अली खान र नोस्थुश केङ्जिगेले पनि एक–एक विकेट लिए । 

अमेरिका अहिले जवाफी ब्याटिङमा छ । रासस

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  ०८:५३
प्रतिक्रिया दिनुहोस्