site stats
बाह्रखरी :: Baahrakhari
विदेश
चुनावी सभामा डोनाल्ड ट्रम्पको साथमा देखिए एलन मस्क 

काठमाडौं । अमेरिकी राष्ट्रपतिका उमेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी र्‍यालीमा अर्बपति तथा सामाजिक सञ्जाल ‘एक्स’का मालिक एलन मस्क देखिएका छन् । 

अमेरिकाको पेन्सीलभिया राज्यमा भएको चुनावी सभामा मस्क र ट्रम्प एउटै मञ्चमा देखिएका हुन् । त्यो त्यही ठाउँ हो जहाँ १३ जुलाईमा ट्रम्पको हत्या प्रयास गरिएको थियो । पेन्सीलभियामा भएको चुनावी सभामा ट्रम्पको हत्या प्रयास गरिएको थियो । 

ट्रम्पमाथि गोली हानिएको थियो । चुनावी सभालाई सम्बोधित गर्दै ट्रम्पले भने, “१२ हप्ता अगाडि हामीले अमेरिकाका लागि गोली थाप्यौँ ।” यसपटकको चुनावी सभामा ट्रम्पलाई बुलेट प्रुफ सीसाभित्र राखिएको थियो । पछिल्लो समय एलन मस्क डोनाल्ड ट्रम्पलाई समर्थन गरिरहेका छन् । 

समाचारहरूका अनुसार मस्कले ट्रम्पको चुनावी अभियानलाई आर्थिक सहयोग पनि गरेका छन् ।
 

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  ११:३२
प्रतिक्रिया दिनुहोस्