site stats
बाह्रखरी :: Baahrakhari
देश
गोरखा–आँबुखैरेनी सडक अवरुद्ध
प्रतीकात्मक तस्बिर ।

गोरखा । गोरखा–आँबुखैरेनी सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । उक्त सडकखण्डको गोरखा नगरपालिका–१२ स्थित सातकिलो ठाउँमा खसेको पहिरोले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रहरी सहायक निरीक्षक वसन्त पौडेलले जानकारी दिए ।

“पहिरोले सडक दुईतर्फी अवरुद्ध भएको छ,” उनले भने, “अवरुद्ध सडक खुलाउन सडक विभाग तनहुँबाट आएको एक्साभेटर र डोजरले पहिरो पन्छ्याउन सुरु गरिएको छ ।’’ 

तत्कालका लागि दुई तर्फी नै सडक खुलाउन सक्ने अवस्था नरहे पनि एकतर्फी खुलाउने प्रयास गरिएको गोरखा नगरपालिकाका नगर प्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए । 

पहिरोले सडक अवरुद्ध भएपछि आँबुखैरेनी हुँदै गोरखा सदरमुकाम प्रवेश गर्ने र गोरखा सदरमुकामबाट बाहिरिने सबै सवारीसाधन बीचमै रोकिएका छन् । रासस

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  ११:३८
प्रतिक्रिया दिनुहोस्