site stats
बाह्रखरी :: Baahrakhari
देश
बसको ठक्करबाट कैलालीमा एकजनाको मृत्यु

कैलाली । बसको ठक्करबाट कैलालीमा एकजनाको मृत्यु भएको छ । बसको ठक्करबाट गौरीगंगा नगरपालिका–९ मसुरियामा सुपप्र ०१–००१ क २४६४ नम्बरको बसले ठक्कर दिँदा ८४ वर्षीय हर्कबहादुर बमको मृत्यु भएको हो । 

कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराका अनुसार सोमबार साँझ सडकमा बाटो काट्ने क्रममा बसले ठक्कर दिँदा  बम गम्भीर घाइते भएका थिए । उनको धनगढीको निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

बस र चालक गौरीगंगा–९ का ४५ वर्षीय नारायणबहादुर भण्डारीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  ०९:०७
प्रतिक्रिया दिनुहोस्