site stats
बाह्रखरी :: Baahrakhari
खेल
छनबहादुरलाई मिस्टर काठमाडौंको उपाधि, उपविजेता बने सागर

काठमाडौं । शारीरिक सुगठन प्रतियोगिता मिस्टर काठमाडौंको उपाधि छनबहादुर मगरले जितेका छन् । 

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगिताको पाँचौँ संस्करणको ६० केजी तौल समूहमा छनबहादुर पहिलो भएका हुन् । सोही तौल समूहमा सागर गौतम उपविजेता बने । 

दशरथ रंगशालामा दुईदिनसम्म चलेको प्रतियोगिताको यस तौल समूहमा कुल २६ प्रतिस्पर्धी थिए । प्रतियोगिताको विजेता छनले १५ हजार रुपैयाँ पुरस्कार पाए । यस्तै, फर्स्ट रनरअप बनेका सागरले १० हजार रुपैयाँ पुरस्कार हात पारे ।

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १६:०४
प्रतिक्रिया दिनुहोस्