site stats
बाह्रखरी :: Baahrakhari
देश
अवरुद्ध डुम्रे–बेँसीसहर सडक खुल्यो
फाइल तस्बिर ।

लमजुङ । पहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडक सञ्चालनमा आएको छ । यस सडकअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–१ स्थित उदिपुर, दलाललगायत स्थानमा अविरल वर्षाले पहिरो जाँदा आइतबार साँझदेखि सडक अवरुद्ध भएको थियो । 

पानी निरन्तर रूपमा परिरहे पनि दुईवटा जेसीबीले उक्त स्थानमा खसेको विभिन्न ठाउँको पहिरो हटाएसँगै आज बिहानबाट सवारीसाधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहिरोले सडक अवरुद्ध बनाएसँगै बेँसीसहरबाट काठमाडौँ, तनहुँ, पोखरा जाँदै गरेका र उक्त स्थानबाट बेँसीसहर आउँदै गरेका सवारीसाधन अलपत्र परेका थिए । 

प्रहरी निरीक्षक तुलबहादुर श्रेष्ठका अनुसार तीन वर्षदेखि निरन्तर बर्सेनि वर्षायाममा सबैभन्दा बढी उक्त स्थानमा पहिरो खसेर सडक अवरुद्ध बनाउँदै आएको छ । 

मनाङवासी, बेँसीसहरलगायत स्थानीय, संघीय राजधानी काठमाडौं र प्रदेश राजधानी पोखरालगायत स्थानमा पुग्ने एकमात्र यस सडक बेँसीसहरबाट डुम्रे तनहुँसम्म ४२ किलोमिटरको दूरीमा छ । रासस

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  ०८:५७
प्रतिक्रिया दिनुहोस्