site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
चार संस्थालाई समाजसेवा पुरस्कार 

काठमाडौं । रामबाबु–ज्ञानु सामाजिक सेवा कोषले प्रदान गर्ने समाजसेवी पुरस्कार यस वर्ष चार संस्थालाई प्रदान गरिएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी चार संस्था र तिनका अध्यक्षहरूलाई पुरस्कार प्रदान गरिएको हो । पुरस्कारका साथ पाँच लाख नगद प्रदान गरिएको कोषका अध्यक्ष ध्रुव नेपालले जानकारी दिए । 

यस वर्ष दुई लाख नगद र सम्मानपत्रसहितको रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार नेपालगञ्जको नीलसागर सेवाश्रम तथा यसका संस्थापक अध्यक्ष सरिता खनाललाई अर्पण गरिएको छ । २०७३ सालमा दर्ता भएको संस्थाले वृद्धवृद्धा वृद्धवृद्धा, शारीरिक तथा मानसिक रूपमा कमजोर व्यक्तिहरूलाई भोजन, आवास, औषधि उपचारको प्रबन्ध गरिरहेको छ । अनाथ बालबालिकाको संरक्षण गर्दै शिक्षाको समेत प्रबन्ध मिलाइरहेको छ । 

यसैगरी जनही एक लाख नगदसहित सम्मानपत्र रहने रामबाबु–ज्ञानु समाजसेवी पुरस्कार  इटहरीको माया घर नेपाल र यसका अध्यक्ष सुभद्रा प्याकुरेललाई, काठमाडौं गोकर्णेश्वरको अपांग पुनर्स्थापना केन्द्र र यसका अध्यक्ष उदयबहादुर लिम्बूलाई तथा काठमाडौंको टोखाको हाम्रो बाल संरक्षण धरोहर नेपाल र यसका अध्यक्ष विनिता अर्याललाई अर्पण गरिएको छ । 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १०:०७
प्रतिक्रिया दिनुहोस्