site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
उपसभामुखलाई मार्ग प्रशस्त गर्न कांग्रेस सांसदको आग्रह 

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले उपसभामुख इन्दिरा रानालाई नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा उनले प्रश्न उठेपछि राजीनामा दिनुपर्ने बताए ।

उनले प्रश्न उठेपछि पूर्वअर्थमन्त्री रामशरण महतले राजीनामा दिएको सुनाए । यादवले संसद्ले उपसभामुखलाई फिर्ता बोलाउने अधिकार राख्ने समेत बताए ।

“उपभामुखमाथि आवाज उठ्दै आएको छ । संसद् जसलाई पठाउने अधिकार राख्दछ । फिर्ता बोलाउने अधिकार पनि राख्दै छ,” उनले भने ।

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १५:३९
प्रतिक्रिया दिनुहोस्