site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
नेपालको हरित विकासमा बीवाईडीले ठुलो योगदान गर्नेछ

काठमाडौं । विश्वको विद्युतीय सवारी (ईभी) बजारको नेतृत्व गरिरहेका प्रमुख ब्रान्डमध्ये चीनको बीवाईडी हो । गतवर्ष सन् २०२३ को अन्तिम त्रैमासमा सबैभन्दा बढी ईभी बिक्री गर्नेमा बीवाईडी विश्वकै पहिलो बनेको थियो । 
यसरी हालसम्म बीवाईडीले विश्व बजारमा पहिलो वा दोस्रो स्थान कामय गरिरहेको छ । 

यसबाहेक कम्पनीले ८० लाख न्यु इनर्जी भेहिकल अथवा नयाँ उर्जावाहन उत्पादन गर्ने आफु पहिलो ब्रान्ड भएको बताएको छ ।  गत जुलाईमा बीवाईडीले आफ्नो ८० लाखौँ कार थाइल्यान्डस्थित प्लान्टबाट सार्वजनिक गरेको थियो । 

सन् १९९५ मा स्थापना भएको कम्पनीले सुरुमा ब्याट्री उत्पादनमा काम गरेको थियो ।  रिचार्जेबल र ईभी ब्याट्री एवम् ईभीका अन्य उपकरण उत्पादनमा महत्वपूर्ण सफलता हात पारेपछि समग्र ईभी बजार लिड गर्न सफल भएको बीवाईडीको भनाइ छ ।

यसै कम्पनी बीवाईडीको वर्तमान स्थिति, भविष्यका योजना, नयाँ ल्याउन सक्ने प्रविधि, यसले सामाजिक क्षेत्रमा गरिरहेको योगदान र नेपाली बजारका विषयमा केन्द्रित भएर बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका जनरल म्यानेजर (महाप्रबन्धक) लिउ जुलियाङसँग बाह्रखरीका प्रकाशचन्द्र जोशीले गरेको कुराकानीको सम्पादित अंश–

–बीवाईडी विश्वको एक नम्बर न्यु इनर्जी भेहिकल उत्पादक बनेको छ । कम्पनीलाई यति सफल बनाउने मूल्यमान्यता र सिद्धान्तहरु के हुन् ?

३० वर्षअघि हामीले रिचार्जेबल ब्याट्रीको उत्पादन र आरएन्डी (रिसर्च तथा डेभलपमेन्ट) सुरु गरेका थियौं । 

त्यतिबेलादेखि नै हामीले हाम्रो व्यापारिक दर्शनलाई ‘इन्नोभेसन आधारित र प्रविधि उन्मुख’ केन्द्रित बनाएर कायम राखेका छौं । (त्यतिबेलादेखि नै हाम्रो ‘व्यापार दर्शन’ इन्नोभेसन आधारित र प्रविधि उन्मुख रहेको छ ।) हामीलाई विश्वास छ कि हामी हाम्रो ‘टेक्नोलोजिकल इन्नोभेसन’मार्फत विश्वको हरित विकासमा योगदान गर्नसक्छौं ।

byd-head--(6)-1725782945.jpeg
 

–अहिले विश्वमा विद्युतीय सवारी (ईभी)मार्केटको वास्तविक ‘ट्रेन्ड’ के छ ? यसमा बीवाईडीको स्थान कहाँ छ ?

विश्वमा ईभीको विकास र विस्तारलाई कसैले पनि अस्वीकार गर्न सक्ने अवस्था छैन ।  ईभी तपाईंले रोज्नु हुन्छ वा रोज्नु हुन्न भन्दा पनि यो तपाईंले कहिले रोज्नु हुन्छ भन्ने विषय हो ।  न्यु इनर्जी भेहिकलको वैश्विक ‘लिडर’का हिसाबले विश्व बजारमा बीवाईडीले प्रमुख स्थान बनाएको छ । 

यसबाहेक विश्वमा ८० लाख न्यु इजर्नी भेहिकलको उत्पादन गर्ने हामी मात्रै पहिलो ब्रान्ड हौं ।

–ईभी ब्रान्डहरुको बढ्दो प्रतिस्पर्धा र बजारको मागसँग जुध्न बीवाईडीले कस्ता रणनीति अपनाइरहेको छ ?

‘कोर टेक्नोलोजीहरुमा मास्टरिङ’ गर्नु नै बीवाईडीको विकास तथा विस्तारको ठोस आधार हो । 

महत्वपूर्ण उपकरण र महत्वपूर्ण प्रविधि (कोर कम्पोनेन्ट्स र कोर टेक्नोलोजिमा)मा हासिल गरेको विज्ञताले हामीलाई ईभी उद्योगको नेतृत्व गर्न र कम्पनीको विकास तथा विस्तार गर्न मद्दत गरेको छ । 
कुनै निश्चित समूहको वस्तु तथा सेवा नभएर बीवाईडीले विश्वलाई ३६० डिग्री अथवा पूर्ण दायराको ‘प्रोडक्ट एन्ड सोलुसन’ उपलब्ध गराइरहेको छ ।

byd-head--(4)-1725782942.jpeg
 

–बीवाईडीका मुख्य प्रतिस्पर्धी को हुन् ? चीनभित्रबाट प्रतिस्पर्धा कति कडा छ ?

मेरो विचारमा यो न्यु इनर्जी भेहिकल डेभलपमेन्टको सुरुवाती चरण हो ।  यसलाई प्रतिस्पर्धाभन्दा पनि मैले सबै अटो ब्रान्डको ‘युनिफिकेसन–एकीकरण’ भन्न रुचाउँछु । र हामीलाई विश्वास छ कि सबै ब्रान्ड मिलेर हामीले यो बजारलाई ठूलोभन्दा ठूलो बनाउन सक्छौं ।

अवश्य पनि, अहिले चिनियाँ बजारमा प्रतिस्पर्धा निकै नै ठूलो छ । तर, सबैतिरबाट बीवाईडीले ‘बजार लिड’ गरेको छ र हामीले ग्राहकहरुबाट वृहत्तर रोजाइ पाएका छौं, उनीहरुले बीवाईडीलाई रोजिरहेका छन् ।

–बीवाईडीका लागि नेपाली बजार कति महत्वपूर्ण छ ? अहिलेसम्म यसले नेपालमा कस्तो स्थान बनाएको छ र कम्पनीको अपेक्षा के छ ?

नेपाल बीवाईडीका विदेशी बजारमध्येको एक हो । हामी सधैं हाम्रो स्थानीय पार्टनरसँग मिलेर समुदायमा ईभीको प्रवद्र्धन गर्न काम गर्छाैं । अहिलेसम्म हामीले नेपाली बजारमा करिब ५ हजार ४२० युनिटभन्दा बढी न्यु इनर्जी भेहिकलको बिक्री गरेका छन् । 

हामीलाई लाग्छ कि बीवाईडीको नयाँ अथवा आउँदो डेभलपमेन्टहरुका लागि नेपाली बजार निकै नै महत्वपूर्ण छ ।

–एसिया प्यासिफिक क्षेत्रको बजारको कुरा गर्दा बीवाईडीले के गरिरहेको छ? यस क्षेत्रमा आफ्नो बजार विस्तार तथा स्थिर बनाउन कम्पनीका भावी योजना के छन्?

हामीले एसिया प्यासिफकका सबै बजारमा पहिले नै न्यु इनर्जी भेहिकलको बिक्री थालिसकेका छौं । 

नेपालसहित एसिया प्यासिफिकका अन्य बजारमा बीवाईडीप्रति स्थानीयको प्रतिक्रिया र ‘रिकग्निसन’ निकै राम्रो छ । एसिया प्यासिफिकको बजारलाई अझ उन्नत बनाउन र थप विस्तार गर्न बीवाईडीले थाइल्यान्ड र इन्डोनेसियामा उत्पादन प्लान्ट सञ्चालनमा ल्याइसकेको छ ।

byd-head--(1)-1725782938.jpeg
 

–कम्पनीले बजारमा ल्याइरहेको नयाँ इन्नोभेसनहरु के छन् ?

हामीले निकै धेरै इन्नोभेसनमा काम गरेका छौं । उदाहरणका लागि हाम्रो प्लगइन हाइब्रिड विद्युतीय सवारी र ईभीका क्षेत्रमा हामीले व्यापक प्रोडक्टहरु निकालेका छौं । जसमा व्यक्गितदेखि परिवारिक ब्रान्ड र हाइएन्डका मोडलहरु छन् ।

–बीवाईडीको पाइपलाइनमा रहेका प्रोडक्ट, यसले ल्याउन सक्ने नयाँ मोडल तथा प्रविधि र ‘अटोनोमस ड्राइभिङ’को योजनाबारे केही बताइदिनुस् न !

हामीले क्रमिकरुपमा नयाँ मोडलहरु ल्याइरहेका छौं । नेपाली उपभोक्ताहरुको फरक–फरक सबै माग समेटिने किसिमले हामीले नयाँ उत्पादन ल्याउने छौं । अहिले नेपालमा हामीले चार मोडल बिक्री गरिरहेका छौं । यसै वर्षको अक्टोबरमा हामीले नयाँ एमपीभी मोडल नेपाली बजारमा ल्याउन सक्छौं । 

हामीलाई आशा छ कि निकट भविष्यमा सबै नेपाली ग्राहकहरुले बीवाईडीका मोडलहरु आफ्नो आवश्यकता अनुसार छनोट गर्नसक्नेछन् ।

–ब्याट्री टेक्नोलोजीमा बीवाईडी पायोनियर बनेको छ । कम्पनीबाट थप के ‘एडभान्समेन्ट र ब्रेक थ्रु’को अपेक्षा गर्न सकिन्छ ?

ईभी परिस्कृत हुँदै गएको छ, र यसको अर्थ ब्याट्री टेक्नोलोजी सुधार हुँदै गएको छ भन्ने पनि हो ।  एउटा कुरा हामीलाई के थाहा छ भने ब्याट्रीमा हुने सुधारले भविष्यमा ईभीको रेन्ज थप बढ्नेछ ।  त्यसैले ब्याट्रीको पर्फमेन्स राम्रो हुँदा समग्र गाडीको पर्फमेन्स राम्रो हुन्छ ।

–ब्याट्री सम्बन्धी चिन्ता र पर्फर्मेन्सलाई सम्बोधन गर्दै ईभी ‘एडप्टेसन’मा बीवाईडीले कसरी काम गरिरहेको छ ?

सबैभन्दा सुरुमा त परीक्षणको कुरा आउँछ । हामीले रिर्सच एन्ड डेभलपमेन्ट प्रक्रियामा निकै धेरै परिक्षण गर्छाैं ।  हामीले निकै जटिल ‘नेल पेनेट्रेसन’ ब्याट्री परिक्षण गर्छाैं, जसको भिडियो तपाईले इन्टरनेटमा खोजेर हेर्नपनि सक्नुहुन्छ । 

ब्याट्री आरएन्डीबारे कुरा गर्दा बीवाईडीले ३६० डिग्री विस्तृत ब्याट्री टेक्नोलोजी विकासमा काम गरिरहेको छ । 

अहिलेको चर्चीत ब्लेड ब्याट्री युनिट मात्रै नभएर गाडीकै महत्वपूर्ण हिस्सा हो । ब्लेड ब्याट्री पूरै सवारीको आरएन्डी उद्देश्य म्याच गरेको छ ।

–कर्पाेरेट सोसल रिस्पन्सबिलिटी अथवा संस्थाको सामाजिक उत्तरदायित्वका क्षेत्रमा बीवाईडीले के गरिरहेको छ ? हालै नेपालमा सार्वजनिक सीबीसीएफ के हो ? यसका साथै हरितगृह ग्यास उत्सर्जन न्युनिकरणमा कम्पनीले के गर्दैछ ?

वास्तवमा विद्युतीय सवारीको विकास र प्रवद्र्धन आफैमा बीवाईडीले सामाजिक उत्तरदायित्वका क्षेत्रमा गरेको सबैभन्दा ठूलो काम हो । बीवाईडीका उपभोक्ता र बीवाईडीले यसअघि नै विश्वबाट ६५ अर्ब किलोग्राम हरितगृह ग्यास कार्बन्डाइअक्साइडको उत्सर्जन घटाएको छ, यो हाम्रो ग्रहमा एक अर्ब रुख बिरुवा रोप्नु बराबर हो । 

त्यसैले हामीलाई विश्वास छ कि धेरैभन्दा धेरै उपभोक्तालाई न्यु इनर्जी भेहिलक उपलब्ध गराउँदै गर्दा हामीले मिलेर विश्वको हरित विकास गर्नसक्छौं ।

नेपालका सन्दर्भमा साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन (सीबीसीएफ) सार्वजनिक भएसँगै हामीलाई आशा छ कि हामीले स्थानीय पार्टनर र उपभोक्तासँग मिलेर हामीले नेपालको हरित विकासमा योगदान गर्नेछौं ।

byd-head--(2)-1725782938.jpeg
 

–अन्तमा, नेपाली उपभोक्ता र भविष्यका बीवाईडी ‘राइडर्स’लगायतलाई केही भन्न चाहनुहुन्छ कि ?

सुरुमा ईभीको डेभलपमेन्टलाई गरिरहेको सपोर्टका लागि नेपाल सरकार र मिडियाका साथीहरुलाई धन्यवाद दिन चाहन्छु ।  अहिलेसम्म नेपालमा ईभीको एडप्सन विश्वकै अग्रगामी स्थानमा छ ।  यसले नेपाली उपभोक्ताको वातावरण र नयाँ प्रविधितर्फको प्रेमलाई दर्शाउँछ । 

नेपालको अर्थतन्त्रको विकासमा अझै धेरै काम गर्न बाँकी छ । 

एक संस्थाको जिम्मेवारीका हिसाबले बीवाईडीले आफ्नो स्थानीय पार्टनर र उपभोक्ताहरुसँग मिलेर नेपालको उन्नत र हरित विकासमा योगदान गर्नेछ ।

तस्बिर– हरिशजंग क्षेत्री 

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १३:५५
प्रतिक्रिया दिनुहोस्