site stats
बाह्रखरी :: Baahrakhari
देश
बिहानैदेखि वर्षा सुरु, रातिभन्दा दिउँसो धेरै पानी पर्ने 
फाइल तस्बिर ।

काठमाडौं । देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरेको छ । बाग्मती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

देशभर आंशिकदेखि साधारणतया बदली हुँदा कोसी, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । 

कोसी, मधेस, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  

कोसी प्रदेशका थोरै तथा वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । 

कोसी, मधेस, लुम्बिनी र वाग्मती प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  ०५:५८
प्रतिक्रिया दिनुहोस्