site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
साउनमा यूएईमा ३० नेपालीको मृत्यु 
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)मा एक महिनाको अवधिमा ३० नेपालीको मृत्यु भएको छ । 

गत साउन महिनामा उनीहरूको मृत्यु भएको यूएईस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा यूएईमा २३१ नेपालीले ज्यान गुमाएका थिए । 

पछिल्ला महिनाहरूमा यूएईमा मृत्यु हुने नेपालीको संख्या बढ्दो क्रममा छ । 

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १७:२७
प्रतिक्रिया दिनुहोस्