site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सांसदको प्रश्न– मलेसियाबाट काठ ल्याउने नेपालको डढाउने, यसरी देश बन्छ ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमिल्सिनाले सरकारको गलत नीतिका कारण देशको अर्बौं रकम विदेशीएको बताएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै जंगलमा रहेका काठ कुहाएर डढाउने तर प्रयोग नगर्ने नीतिले काठ मलेसियासहितका देशबाट आयात भइरहेको उनले बताए । “आफ्नो जंगलको काठ प्रयोग गर्न नदिने र डढाउने मलेसियाबाट काठ भित्र्याउने ?,” तिमिल्सिनाले प्रश्न गरे, “ठूलठूला भाषण गरेर मात्र देश बन्छ ?”

उनले दुग्ध किसानको भुक्तानी कुन स्रोतबाट दिनुहुन्छ भन्दै सरकारलाई प्रश्न गरे ।

 

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १६:००
प्रतिक्रिया दिनुहोस्