site stats
बाह्रखरी :: Baahrakhari
खेल
रियालको पहिलो जित 

काठमाडौं । स्पेनिस ला लिगामा रियाल मड्रिडले पहिलो जित निकाल्ने क्रममा भालाडोलिडलाई ३–० ले हराएको छ । आइतबार राति घरेलु मैदान सान्टियागो बर्नबेउमा रियाललाई जित दिलाउन फेडेरिको भाल्भार्डे, ब्राहिम डियाच र एन्ड्रिकले गोल गरे ।

पाहुना टिम भालाडोलिडले पहिलो हाफमा घरेलु समर्थकमाझ रियाललाई गोलरहित बराबरीमा रोकेको थियो । दोस्रो हाफको पाँचौँ मिनेटमा भाल्भार्डोले गोल गर्दै घरेलु टिमलाई अग्रतामा राखेका थिए ।

८८औँ मिनेटमा डियाजले गोल गर्दै घरेलु टिमको अग्रता दोब्बर बनाए । इन्ज्युरी समयमा एन्ड्रिकले गोल गरेपछि रियालले पहिलो जित निकालेको हो ।

जितसँगै दुई खेलबाट चार अंक जोडेको रियाल तालिकाको चौथो स्थानमा उक्लिएको छ । समान खेलबाट तीन अंकको भालाडोलिड १०औँ स्थानमा छ ।
 

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  १०:००
प्रतिक्रिया दिनुहोस्