site stats
बाह्रखरी :: Baahrakhari
देश
सुनकोसीमा कार खस्यो
फाइल तस्बिर ।

काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–१, बेलटारस्थित सडकबाट एउटा निजी कार सुनकोसी नदीमा खसेको छ । कारमा सवारमध्ये एक घाइतेलाई उद्धार गरी उपचारका निम्ति खुर्कोटस्थित अस्पताल पठाइएको छ ।

नदीमा खसेको कार र बाँकी यात्रुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

खोटाङको हलेसीबाट काठमाडौंतर्फ आइरहेको उक्त कार शनिबार करिब साँझ ५ः३० बजे नदीमा खसेको थियो । घटनाको थप विवरण आउन बाँकी छ । रासस

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  १९:३४
प्रतिक्रिया दिनुहोस्