site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
आर्थिक समृद्धि वर्तमान सरकारको मुख्य लक्ष्य : गृहमन्त्री लेखक

जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले मुलुकमा राजनीतिक स्थायित्व, दिगो विकास, सुशासन प्रवर्द्धन तथा आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ वर्तमान सरकार गठन भएको बताएका छन् । ती लक्ष्य पूरा गर्न राज्यका सबै संयन्त्रका साथै समाजका हरेक वर्गको सहयोग अपरिहार्य भएकोमा जोड दिएका छन् । 

आज जनकपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले वर्तमान सरकारका विकासका प्राथमिकताबारे जानकारी दिँदै निकट भविष्यमा नेपाल प्रहरीको संगठनात्मक संरचना सुधारसम्बन्धी कानुन जारी हुने बताए ।

गृहमन्त्री लेखकले भने, “नेपाल प्रहरीको ऐन ६९ वर्ष पुरानो भयो, यसमा सामयिक परिमार्जनक आवश्यक छ । नयाँ कानुन निर्माण तथा संगठनात्मक क्षमता बढाएर प्रहरीलाई अझ व्यावसायिक बनाउनुपर्छ । नेपाल प्रहरीसम्बन्धी ऐन परिमार्जन गरेर बजेट व्यवस्थपनका निम्ति त्यो अर्थ मन्त्रालयमा पुगिसकेको छ ।” रासस

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  ११:३९
प्रतिक्रिया दिनुहोस्