site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एक महिनासम्म इसेवा मनी ट्रान्सफरको ‘रेमिट पर्व’ चल्ने 

काठमाडौं । डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले जनैपूर्णिमा, बुवाको मुख हेर्ने दिन तथा हरितालिका तिजको अवसरमा ‘रेमिट पर्व’ सुरु गरेको छ । कम्पनीका अनुसार साउन ३० देखि १ महिनासम्म सञ्चालन हुने योजनामा हरेक हप्ता २५ हजार जित्न सकिनेछ ।

योजनामा सहभागी हुन ग्राहकले विदेशबाट आफ्ना आफन्तको इसेवा वालेटमा प्रतिकारोबार न्यूनतम १० हजार रेमिट पठाउनु पर्नेछ ।

Argakhachi Cement Island Ad

इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले भने “रक्षाबन्धन, बुवाको मुख हेर्ने दिन तथा हरितालिका तिजको विशेष अवसरमा हामीले ‘रेमिट पर्व’ सुरु गरेका छौँ, जसको उद्देश्य परिवारहरूलाई नजिक ल्याई तपाईंहरूको माया अझ गाढा बनाउँदै लैजानु हो ।”   

इसेवा मनी ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेट, बैंक तथा वित्तिय संस्था र आफ्ना भुक्तानी केन्द्रमार्फत पनि विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ईसेवा मनी ट्रान्सफर, देशभरका उद्योगहरूलाई फिनटेकमा आधारित भुक्तानी सेवाको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी हो ।

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १५:४१
प्रतिक्रिया दिनुहोस्