site stats
बाह्रखरी :: Baahrakhari
कला
चलचित्र ‘घर नम्बर–२’ माघ ११ मा रिलिज हुने 
Argakhachi Cement Island Ad

काठमाडौं । चलचित्र ‘के घर के डेराः घर नम्बर–२’को प्रदर्शन मिति तय गरेको छ । साउनको २५ गतेबाट छायांकनमा गएको चलचित्रले रिलिज डेट घोषणा गरेको हो ।

दीपेन्द्र के खनालको निर्देशनमा बुद्दि सागरको कथा रहेको चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, सिर्जना नापित, संजोग रसाइली, रुविना घिमिरेलगायत  कलाकारको अभिनय छ ।

सामाजिक विषयवस्तुलाई रोचक तरिकाले चलचित्रमा प्रस्तुत गरिने निर्देशक खनालले बताएका छन् । चलचित्रमा शरद श्रेष्ठ, किरण महर्जन र राजीव श्रेष्ठको लगानी छ । फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् । 
प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १०:४३
प्रतिक्रिया दिनुहोस्