site stats
बाह्रखरी :: Baahrakhari
देश
सिन्धुपाल्चोक, काठमाडौंसहितका नदीमा बहाव बढ्ने
वाग्मती नदीको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । देशका केही सानाठूला नदीमा आज पनि पानीको बहाव सामान्यदेखि उल्लेख्य बढ्ने अनुमान छ । नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस दिन ताप्लेजुङ, संखुवासभा, पाँचथर, झापा, मोरङ, सुनसरी, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, पाल्पा, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान, बाजुरा, जाजरकोट, सल्यान, कालीकोट, डडेलधुरा, बझाङ, बाजुरा डोटी र दार्चुला भई बहने साना नदीमा बहाव बढ्ने अनुमान छ ।

अबका तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरूको जलसतह सतर्कता तहभन्दा तलै रहने अनुमान छ । कन्काई, कमला, वाग्मती पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह पनि सतर्कता तहभन्दा तलै रहने महाशाखाको पूर्वानुमान छ ।

b1-1723433186.jpeg

b2-1723433186.jpeg

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  ०९:११
प्रतिक्रिया दिनुहोस्