site stats
बाह्रखरी :: Baahrakhari
खेल
श्रीलंकाले २७ वर्षपछि भारतलाई एकदिवसीय सिरिजमा हरायो

काठमाडौं । श्रीलंकाले भारतलाई २७ वर्षपछि एकदिवसीय सिरिजमा हराएको छ । कोलम्बोमा भएको सिरिजको तेस्रो खेलमा श्रीलंकाले भारतलाई ११० रनले हराएको हो ।

बुधबार टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले सात विकेट गुमाएर २४८ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको भारतले २६.१ ओभरमा १३८ रनबात्र बनाउन सक्यो ।

श्रीलंकाका लागि अविस्का फर्नान्डोले ९६, कुसल मेन्डिसले ५९ र पाथुम निसान्काले ४५ रन बनाएका थिए ।

भारतका लागि डेब्यू गरेका रियान परागले तीन विकेट लिए ।

ब्याटिङमा रोहित शर्माले ३५ रन, वासिङ्टन सुन्दरले ३० रन, विराट कोहलीले २० रन तथा रियान परागले १५ रन बनाए ।

श्रीलंकाका डुनिथ भेलालागेले पाँच विकेट लिए । जेफ्री भान्डरसे र महिश तिक्षानाले २–२ विकेट लिए ।

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  २१:१२
प्रतिक्रिया दिनुहोस्