site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारत पुगेकी शेख हसिना लन्डन जाने सम्भावना

काठमाडौं । बंगलादेशको प्रधानमन्त्रीबाट राजीनामा दिएकी शेख हसिना भारत पुगेकी छन् । उनी सोमबार अपराह्न नेपाली समय अनुसार ५ः५१ बजे गाजियाबादको हिन्डन एयरबेसमा झरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनलाई वायुसेनाका अधिकारीहरूले उनलाई स्वागत गरेका थिए । उनी भारतबाट लन्डन जाने सम्भावना रहेको इन्डिया टुडेले जनाएको छ ।

हसिना सैन्य विमानबाट बंगाल हुँदै दिल्ली पुगेकी हुन् । सी–१३० विमानबाट भारत आएकी हसिनाको साथमा उनकी बहिनी रेहाना पनि रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १९:३५
प्रतिक्रिया दिनुहोस्