site stats
बाह्रखरी :: Baahrakhari
देश
प्युठानमा दुईजनामा हैजा, चार जिल्लामा संक्रमितको संख्या २७ पुग्यो
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । पछिल्ला १३ दिनमा देशभर २७ जनामा हैजा संक्रमण देखिएको छ । जुलाई १९ देखि अगस्ट १ सम्म चार जिल्लामा गरी २७ जनामा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांक छ ।

पछिल्लोपटक (अगस्ट १) प्युठानमा दुईजनामा संक्रमण देखिएको छ । हालसम्म ललितपुरमा सबैभन्दा धेरै १६ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा एक र कैलालीमा आठजनामा हैजा पुष्टि भएको छ ।

यो अवधिमा १६ पुरुष र ११ महिलामा हैजा पुष्टि भएको ईडीसीडीले जानकारी गराएको छ ।

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  ११:४३
प्रतिक्रिया दिनुहोस्