site stats
बाह्रखरी :: Baahrakhari
देश
रुकुम पश्चिममा खोलाले बगाउँदा मृत्यु
प्रतीकात्मक तस्बिर ।

त्रिवेणी । खोलाले बगाउँदा रुकुम पश्चिमको मुसिकोट नगरपालिका–७, झुलखेतका ५० वर्षीय तेजबहादुर बुढाको मृत्यु भएको छ । बुढालाई सोही ठाउँको चुनखोलाले शनिबार बगाएको हो ।

मुसिकोट–६ र ७ को सिमाना झुलखेतबाट बगेका बुढाको शव वडा नम्बर–३ र १३ को बीचमा पर्ने काउलेचौरस्थित मुग्लुखोलाबाट निकालिएको जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले जानकारी दिए । काउलेचौरको झोलुंगे पुलनजिकै मुग्लुखोलामा बगिरहेको अवस्थामा शव फेला परेको उनले बताए ।

बुढाको पारिवारिक झगडाको जानकारी प्राप्त भएको प्रहरी प्रमुख पोखरेलले उल्लेख गरे । बुढा आफैँ खोलामा हाम फालेको हुन सक्ने प्रहरीको आशंका छ । रासस

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  २१:१८
प्रतिक्रिया दिनुहोस्