site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
संरक्षणको पखाईमा कचनकवल (तस्बिरहरू)

काठमाडौं । कचनकवल कोसी प्रदेशको झापास्थित कचनकवल गाउँपालिका (पहिले केचना गाविस)मा अवस्थित एक ठाउँ हो । समुद्री सतहबाट ७० मिटर (२३० फिट)मा अवस्थित यो ठाउँ पहिले नेपालको सबैभन्दा होचो स्थानका रूपमा चिनिन्थ्यो ।

तर, नेपाल सरकार र केही अरू संस्थाले ०१७ सालमा गरेको नयाँ सर्वेक्षणानुसार धनुषाको मुखियापट्टी मुसहरनिया (५९ मिटर)लाई नेपालको नयाँ होचो ठाउँका रूपमा घोषणा गरिएको छ ।

हाल कचनकवलको संरक्षण हुन सकेको छैन । संरक्षण हुन नसक्दा कचनकवलको सौन्दर्य मासिँदै गएको छ । यो क्षेत्रको संरक्षण हुन नसके सीमा मिचने सम्भावना रहने स्थनीय बताउँछन् ।

भारतको सिमानानजिकै रहेकाले पनि यो क्षेत्रको आवश्यक संरक्षण हुन जरुरी छ । यो गाउँपालिकाको सिमाना पूर्वमा भारत, पश्चिममा बाह्रदाशी गाउँपालिका र भारत, उत्तरमा हल्दीबारी गाउँपालिका र भद्रपुर नगरपालिका तथा दक्षिणमा भारतसम्म फैलिएको छ ।

न्युज एजेन्सी नेपालका फोटोपत्रकारले कैद गरेका हालको कचनकवलको दृश्य हेर्नोस्–

kachankawal-jhapa6-1722675822.jpg

kachankawal-jhapa7-1722675822.jpg

kachankawal-jhapa8-1722675822.jpg

kachankawal-jhapa3-1722675821.jpg

kachankawal-jhapa4-1722675821.jpg

kachankawal-jhapa1-1722675820.jpg

kachankawal-jhapa2-1722675820.jpg

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  १४:४८
प्रतिक्रिया दिनुहोस्