site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विदेशमा सम्पत्ति राख्न नपाउने कानुनी व्यवस्था गर्न माग
फाइल तस्बिर ।

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विदेशमा सम्पत्ति राख्न नपाउने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएका हुन् ।

सम्पत्तिको सीमांकन र विदेशमा राख्न नपाउने कानुन बनाउन जरुरी भएकामा उनले जोड दिए । सांसद सुवालले धनीहरूको सम्पत्ति सामाजिकीकरण गर्न पनि सरकारलाई सुझाव दिए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १६:३८
प्रतिक्रिया दिनुहोस्