site stats
बाह्रखरी :: Baahrakhari
कला
‘के घर के डेराः घर नम्बर–२’को नायिका स्वस्तिमा हुन् ?
तस्बिर : स्वस्तिमा खड्काको फेसबुकबाट ।

काठमाडौं । चलचित्र ‘के घर के डेराः घर नम्बर–२’मा खगेन्द्र लामिछाने, निश्चल बस्नेत र आर्यन सिक्देल अनुबन्ध भइसकेका छन् । 

 अब मुख्य भूमिकामा नायिका अनुबन्ध हुन बाँकी छ । निर्माणपक्षले चलचित्रमा नायिकामा कसलाई अनुबन्ध गर्ने सार्वजनिक गरिसकेको छैन । तर स्रोतका अनुसार स्वस्तिमा खड्कासँग कुरा भइरहेको छ । लिखित सम्झौता गर्न बाँकी रहेकाले निर्माणपक्षले सार्वजनिक नगरेको हो । 

Argakhachi Cement Island Ad

निर्माणपक्षका अनुसार चलचित्रमा मुख्य दुई नायिका फाइनल हुनेछन् । दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको चलचित्रको छायांकन साउनको २५ गतेबाट सुरु हुँदै छ । 

चलचित्रको कथा बुद्धि सागरले लेखेका छन् । चलचित्रमा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठको लगानी छ । कार्यकारी निर्माता युवराज कार्की हुन् ।

सामाजिक कथावस्तुलाई रोचक तरिकाले चलचित्रमा प्रस्तुत गर्ने निर्देशक खनालले बताएका छन् ।  
 

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १३:२२
प्रतिक्रिया दिनुहोस्