site stats
बाह्रखरी :: Baahrakhari
विदेश
कमलाको उमेदवारीमा धेरै डेमोर्क्रयाट्स उत्साहित, १४ प्रतिशत अर्कैको पक्षमा
फाइल तस्बिर ।

वासिङटन । अमेरिकामा राष्ट्रपति जो बाइडेनले उमेदवारी त्यागेर कमला ह्यारिसलाई समर्थन गरेपछि डेमोर्क्र्याटिक पार्टीमा निकै उत्साह बढेको एक ‘पोल’ले देखाएको छ ।

एबीसी न्युजइप्सोसको उक्त पोलमा ८६ प्रतिशत डेमोर्क्र्याट्स र ५२ प्रतिशत अमेरिकीले उक्त पार्टीबाट ह्यारिस राष्ट्रपतिको उमेदवार बन्नुपर्ने जनाएका छन् । उक्त पार्टीका १४ प्रतिशतले भने राष्ट्रपति पदका निम्ति अरू नै उमेदवार चयन गरिनुपर्ने जनाएका छन् ।

ह्यारिसको उमेदवारीलाई लिएर ६३ प्रतिशत डेमोर्क्र्याट्स ‘ज्यादै उत्साहित’ छन् । २५ प्रतिशत डेमोर्क्र्याट्स केही हदसम्म उत्साहित भएको जनाइएको छ ।

यसको तुलनामा ८२ प्रतिशत रिपब्लिकनले डोनाल्ड ट्रम्प राष्ट्रपतिको उमेदवार बनेकामा आफूहरू उत्साहित भएको जनाएका छन् ।

दुईतिहाइ अर्थात् ६६ प्रतिशत अमेरिकीले आउँदो राष्ट्रपतीय निर्वाचनमा आफूहरूले ‘निश्चित रूपमा’ मतदान गर्ने जनाएका छन् । यसो भन्नेमा ७६ प्रतिशत डेमोर्क्र्याट्स र ७८ प्रतिशत रिपब्लिकन छन् ।

बाइडेनले चुनावी दौड छोड्नुअघि एबीसीले गरेको पोलमा ७० प्रतिशत डेमोर्क्र्याट्स र ७५ प्रतिशत रिपब्लिकनले मतदानमा सहभागी हुने जनाएका थिए । दुवै पार्टीबाट मतदान गर्न चाहनेको  प्रतिशत हाल बढेको छ । एजेन्सीबाट ।

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  ०९:३३
प्रतिक्रिया दिनुहोस्